स्वास्नीको हत्या गरेर जङ्गलमा फ्याँकिदिने लोग्ने पक्राउ, 20 दिनपछि कङ्काल उद्धार

बाघडुग्रा: लोग्नेले स्वास्नीको हत्या गरेर शव जङ्गलमा फ्याँकिदिएको घटनाले बाघडुग्रा इलाकामा सनसनी मच्चियो। घटनाक्रम अनुसार गत 13 नोभेम्बरको दिन महादेव विश्वासले आफ्नो स्वास्नी सुचित्रा विश्वासलाई घुम्न लैजाने बहाना गरेर तिनको हत्या गरेपछि शव जङ्गलमा फ्याँकेर घर फर्किआएको बताइएको छ। अर्कोतिर, सुचित्राको दिदीले निखोज बहिनीको हत्याको सन्देहमा ज्वाइँ विरुद्ध बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा बाघडुग्रा थाना पुलिसले महादेव विश्वाससित सोधखोज गर्दा महादेवले स्वास्नीको हत्या गरेको कुरा स्वीकारे। घटनाको 20 दिनपछि पुलिसले जङ्गलबाट सुचित्राको कङ्काल उद्धार गर्नको साथै स्वास्नीको हत्या गरेको आरोपमा पुलिसले लोग्नेलाई पक्राउ गरेको छ। मृतकको दिदीको आरोप अनुसार महादेवले आफ्नी स्वास्नीलाई सन्देह गर्ने गर्थ्यो। यसैले स्वास्नीलाई घुम्न लैजाने बहानामा महादेवले तिनको हत्या गरिदिएको हो। आरोपी व्यक्तिलाई कठोर सजाय दिनुपर्ने तिनले माग गरिन्। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinomobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes