स्वास्नीको हत्या गरेर लोग्ने चम्पट, पुलिसद्वारा हत्याराको खोजी

सिलगढी: स्वास्नीको हत्या गरेपछि लोग्ने चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटनालाई लिएर मृतक महिलाको परिवार पक्षको तर्फबाट आज सिलगढी प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। अर्कोतिर, पुलिसले घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टम गर्न उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको छ। उक्त घटना सिलगढीको डांगापुरस्थित हाथीडोभामा भएको बताइएको छ। प्राप्त जानकारी अनुसार एनजेपी निवासी कशमिरा खातूनको विवाह डांगापुरको हाथीडोभा निवासी अजमुद्दिनसित गत 2008 मा भएको थियो। विवाह पछि केही समयसम्म सबै ठीकठाक चल्दै आइरहेको थियो। तथापि पछि कशमिरा र अजमुद्दिनमाझ सानो-सानो कुरालाई लिएर झगडा हुन थाल्यो। आरोपी लोग्ने अजमुद्दिनले स्वास्नीलाई कुटपिट पनि गर्थे। लोग्नेले मात्र नभएर तिनका परिवारका अन्य सदस्यहरूले पनि कशमिरा माथि अत्याचार गर्ने गरेको आरोप रहेको छ। गत शुक्रवार राति झगड़ा हुँदा अजमुद्दिनले आफ्नै स्वास्नी कशमिरालाई हतियारले प्रहार गर्दा तिनको घटना स्थलमैं मृत्यु भएको बताइएको छ। उक्त घटना पछि अजमुद्दिन निखोज रहेको छ भने हाल पुलिसले तिनको खोजी गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *