सिलगढी : स्वास्नीलाई प्रताड़ना गरेको आरोपमा एनजेपी थाना पुलिसले सिलगढीका एकजना दन्त चिकित्सकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। आरोपी लोग्ने अरित्र भौमिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 10 दिसम्बर 2020-मा दुर्गा दास कोलनी निवासी तानिय दाससित लेकटाउन निवासी अरित्र भौमिकको विवाह भएको थियो। बिहेपछि लोग्ने र तिनका परिवारका सदस्यहरूले तिनीमाथि अत्याचार गर्ने गरेको साथै तिनको हत्या गर्ने समेत षड्यन्त्र रचेको तानियाले आरोप लगाएकी छन्। यसपछि तानियाले लोग्ने अरित्र भौमिकविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले हिजो बाबुपाडाबाट अरित्रलाई पक्राउ गरेको बताइएको छ।
