स्वास्थ्य कर्मीहरूलाई चाँडै वेतन तथा बकाया राशि प्रदान नगरे हडतालमा बस्ने चेताउनी

सिलगढी : दार्जिलिङ जिल्ला स्वास्थ्य कर्मी युनियनले चाँडै वेतन तथा बकाया राशि प्रदान नगरेको खण्डमा काम बन्द राख्ने चेताउनी दिएको छ। स्वास्थ्य कर्मीहरूले आज 9 सुत्रीय मागलाई लिएर सिलगढी नगरनिगमका कमिश्नरलाई भेट गरेर एउटा ज्ञापन पत्र चढाए। स्वास्थ्य कर्मीहरूले बताएअनुसार गत 2 महिनादेखि मासिक वेतन नपाएको साथै 2020 देखि डेङ्गु सर्वेको रुपियाँ समेत तिनीहरूले पाएका छैनन् भने हालसम्म पनि तिनीहरूलाई कोरोनाको भ्याक्सिन लगाइएको छैन। यसबाहेक अवकाशप्राप्त कर्मीहरूलाई 2 लाख रुपियाँ लगायत राज्य सरकारद्वारा कोरोना संक्रमित भएका स्वास्थ्य कर्मीहरूलाई एक लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे तापनि हालसम्म भुक्तान गरेको छैन। यसैले यी सबै बकाया राशिहरू चाँडै भुक्तान गर्ने संघले माग गरेको छ। संगठनका सचिव सेफाली भट्टाचार्यले तिनीहरूको मागलाई लिएर राज्य सरकारले चाँडै पहल नगरे काम बन्द गर्न बाध्य हुने चेताउनी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *