स्वस्थ्य भएपछि कोरोना रोगीहरू आज साँझ घर फर्किने

सिलगढी : उत्तरबंगको केही जिल्लाका कोरोना संक्रमित रोगीहरू सिलगढीको मतिगढास्थित कोभिड अस्पतालमा भर्ना भएका छन्। तीमध्ये केही रोगीहरू स्वस्थ्य भएकोले आज साँझ तिनीहरूलाई अस्पतालबाट छुट्टी दिइने दार्जिलिङका जिल्लाशासक एस पन्नमबलमले बताए। ती रोगीहरू अलिपुरद्वार, कुचबिहार र सिलगढीका बासिन्दा रहेको अस्पताल सूत्रमार्फत् थाहा लागेको छ। कोरोना रोगीहरू स्वस्थ भएकोमा अस्पतालका चिकित्सकलगायत स्वास्थ्य विभागका अधिकारीहरूले राहतका श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *