स्वास्थ्य बीमा कार्डको लागि लुकसानमा मानिसहरूको घुइँचो

बानरहाट: स्वास्थ्य बीमा कार्डको लाभ उठाउनको लागि चियाबारी अनि ग्राम क्षेत्रबाट आएका मानिसहरु पाँचौ दिन पनि लामो कतारमा रहेर स्वास्थ्य बीमा कार्ड प्राप्त गरे। आज लुकसान ग्राम पञ्चायत कार्यालयमा बिहानैदेखि मानिसहरूको लामो भीड देखियो।यस अञ्चलका विभिन्न क्षेत्रबाट मानिसहरु लामो लाइन लागेर पनि स्वास्थ्य बीमा कार्डको लाभ उठाएको देखियो। विषेश गरेर गरिब मानिसहरुको स्वास्थ्यलाई ध्यानमा राखेर राज्य सरकारले प्रत्येक नागरिकहरुलाई पाँच लाख रुपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा कार्ड प्रदान गरेको छ, जसको वितरण अहिले विभिन्न ग्राम पञ्चायत क्षेत्रमा भइरहेको छ । लुकसान चियाबारीबाट आएकी आशिकी रुबी उरावले भनिन्, “म आज यहाँ हेल्थ कार्ड लिन आइकी छु । मैले सुने यो हेल्थ कार्डले नागरिकहरुले कुनै पनि अस्पतालमा नि:शुल्क स्वास्थ्य उपचार पाउने छ । सरकारले गरिबहरुको लागी राम्रो काम गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *