स्वास्थ्य जाँच साथै रक्तदान शिविरको आयोजन  

सिलगढ़ी: सिलगढी नगर निगम अन्तर्गत 46 नम्बर वार्डको बरतल्लामा संगति संघ तथा हिडेन फुटबाल एकाडेमी क्लबको संयुक्त तत्वावधानमा एउटा रक्तदान शिविर साथै स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा 100 युनिट रगत संग्रह गर्ने सङ्कल्प लिएको आयोजक समितिले जनाएको छ। आझ बिहानै देखि रक्तदान गर्नेहरूको उपस्थिति रहेको छ भने मानिसहरूलाई शिविरमा स्वास्थ्य जाँच गरेपछि निशुल्क औषधी पनि वितरण गरिरहेको छ। आज बिहान यस कार्यक्रममा सिलगढ़ी नगर निगमका विपक्षी दल नेता तथा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार, एक नम्बर टाउन अध्यक्ष सञ्जय पाठक, तृणमूल युवा नेता सन्तोष साह, प्रधाननगर थानाका आईसी विश्वजीत घोषालइन्स्पेक्टर अनुप सरकार, दिनेश महतो आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *