स्वतन्त्र विजेता पञ्चायत सदस्य मिन्टु ल्हमु तामाङ भागोप्रमो-मा सामेल

बिजनबारी : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मिसन पुनर्मिलन कार्यक्रम सफल बन्दै गइरहेको देखिन्छ। गत पञ्चायत चुनाउको समय टिकट नपाए पछि पार्टी छोडेर गएका स्वतन्त्र उम्मेदवार बनेर लड्ने स्वतन्त्र विजेताहरू पुनः भागोप्रमो-मा फर्कन थालेको पार्टी अध्यक्ष अनित थापाले बताएका छन्। स्वतन्त्र विजेताहरुको घर वापसीको क्रममा आज दार्जिलिङ पुल बिजनबारी पञ्चायत समिति अन्तर्गत नयाँनोर ग्राम पञ्चायतका स्वतन्त्र विजेता मिन्टु ल्हमु तामाङ घर फर्की आएका छन्। मिन्टु ल्हमु तामाङलाई अनित थापाले पार्टीमा स्वागत जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *