स्वतन्त्र प्रार्थी जीतमान तामाङद्वारा बेलगाछी धुलिया मोड र लिच्ची बगान इलाकामा चुनाउ प्रचार

पानीघट्टा: सुकना पानीघट्टा 26 नम्बर समष्टिका स्वतन्त्र उम्मेदवार जीतमान तामाङले चुनाउ प्रचार-प्रसार लगातार जारी राखेका छन्। तिनले आज बेलगाछी धुलिया मोड अनि लिच्ची बगान इलाकामा चुनाउ प्रचार गर्दै आगामी 26 जूनमा सम्पन्न हुने जीटीए चुनाउमा मोमबत्ती-को चिन्हमा भोट गरिदिने अपिल गरे।


यस अवसरमा स्थानीय मानिसहरूले विशेष गरेर धुलिया मोड र लिच्ची बगानको बुनियादी समस्यहरू लगायत खोलाको बाँधको समस्याबारे अवगत गराए।स्थानीय मानिसहरूले धेरै वर्षदेखि भोट दिँदै आए तापनि जनताको ईच्छा आंकक्षाहरू पुरा नगरेको गाउँसेहरूले गुनासो पोखे।  अर्कोतिर, स्वतन्त्र उम्मेदवार जीतमान तामाङले आफुलाई एकपल्ट मौका दिए आफुले दिएको वचन पुरा गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *