स्वतन्त्र प्रार्थी उगम लामाले गरे मतदान गर्ने अपील

खरसाङ : खरसाङ विधानसभा समष्टिबाट निर्दल उम्मेदवारको रूपमा खरसाङ सुधपा टोल निवासी उगम लामा खड़ा भएका छन्। तिनी आफैलाई एकजना शिक्षाविद,स्वतन्त्र पत्रकार एवम् सामाजिक कार्यकर्ता तथा राजनैतिक चिन्तक भनी प्रस्तुत गर्दछन्। विभिन्न संघ-संस्थाहरूसँग सम्बन्धित रहेर मानव समाज अनि जातिय हितको निम्ति कार्य गर्ने लामाले आफ्नो चुनावी मुद्दा पनि यही मानवीय सेवा तथा जातिय हित अनि विकासलाई प्रमुखता दिएका छन्। तिनले आफू मात्र बाँच्नु होइन तर अरुलाई बचाएर आफू बाँच्नुनै वास्तविक बचाइ रहेको बताएका छन्। तिनले भने, यहाँ धेरै यस्ता नेताहरू देख्यौँ जो केवल आफू मात्र बाँचे तर अरुलाई बचाउने प्रयास समेत गरेनन्। म अरुलाई बचाउने क्रममा छु।तिनले खरसाङका जनतालाई आफू बाँच्नको निम्ति तिनको पक्षमा भोट गरिदिने अपील पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *