स्वतन्त्र दिवस च्यालेञ्ज फुटबल प्रतियोगितामा सिलगढी पुलिस कमिशनरेट च्याम्पियन

सिलगढी: 75 औं स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष झै यस बर्ष पनि स्वतन्त्र दिवस च्यालेञ्ज फुटबल प्रतियोगिता सेभोकमा सम्पन्न भयो। प्रतियोगिताको फाइनल खेल सिलगढी पुलिस कमिशनरेट सिलगढी अनि एनवाईसी सेभोक माझ सम्पन्न भएको थियो जसमा 2-0 गोलले सिलगढी पुलिस विजयी बन्यो। नेताजी युथ क्लबको आयोजनामा सम्पन्न उक्त फुटबल प्रतियोगितामा यसपल्ट मोठ 16 वटा नामी-दामी फुटबल टीमले अंशग्रहण गरेको थियो। विजय हुने प्रतियोगी टीमलाई समारोहका प्रमुख अतिथिको बाहुलीबाट नगद राशि 50 हजार अनि ट्रफी प्रदान गरियो। फाइनल खेलमा सेभोक आउटपोस्ट पुलिस थाना प्रभारी एसआई डालीम अधिकारी, खोकन भट्टाचार्य, सुरेन्द्र प्रधान तथा अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *