स्वतन्त्रता दिवसको उपलक्ष्यमा अलिपुरद्वारमा म्याराथन दौड़को आयोजना

अलिपुरद्वार : स्वतन्त्रता दिवसको अवसरमा शामुकतला देशबन्धु क्लबको तर्फबाट आज 11 किलोमीटर म्याराथन दौड़को आयोजना गरियो। उक्त 11 किलोमीटर म्याराथन दौड़ तुरतुरी ग्राम पञ्चायतको बेलतलाबाट शुरू गरेर देशबन्धु क्लबमा पुगेपछि समापन गरियो। स्मरण रहोस्, इलाकाका मानिसहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त म्याराथान दौडको आयोजना गरिएको हो। शामुकतला देशबन्धु क्लबका सदस्य दीपङ्कर बर्मनले बताएअनुसार उक्त दौड प्रतियोगितामा 120 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। उक्त 11 किलोमीटर म्याराथन दौड़मा आशिक खाखा पहिलो, अनिकेत कुजूर दोस्रो र राजू उरांवले तेसो स्थान ओगटेको क्लबका सचिव रिपन पण्डितले बताए। यसबाहेक आज नानीहरूको लागि 5 मिलोमीटर म्याराथन दौड़को पनि आयोजना गरियो। यस दौड़मा सौरभ दास पहिलो, अमल राय दोस्रो अनि आशिक उरांव तेस्रो भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *