स्वतन्त्रता दिवसको अवसरमा राजीव ब्यानर्जी फ्यान क्लबद्वारा बाइक र्‍यालीको आयोजना

राजगञ्ज : वन मन्त्री राजीव ब्यानर्जी फ्यान क्लबको तर्फबाट स्वतन्त्रता दिवसको अवसरमा बेलाकोवामा एउटा बाइक र्‍याली निकाल्नको साथै रुखको विरुवा पनि वितरण गरियो। फ्यान क्लबका सदस्य सायन्तन दत्तले बताएअनुसार 74 औँ स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता संग्रामीहरूले देशलाई स्वाधीन गर्नको निम्ति पुर्‍याएको अमुल्य योगदानको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यले उक्त पहल गरिएको हो। बेलाकोवा अञ्चल मोड़देखि गाजोलडोबासम्म उक्त बाइक र्‍यालीको आयोजना गरियो भने  उक्त र्‍यालीमा लगभग 100 वटा बाइक लिएर धेरै संख्यामा मानिसहरू उपस्थित थिए। यसबाहेक लगभग 100 रुखको विरुवा पनि वितरण गरियो। र्‍यालीको अन्तमा मानिसहरूको लागि भोजनको व्यवस्था पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *