स्वतन्त्रता दिवसको अवसरमा मङपुमा दुई दिवसीय फुटबल खेलको फाइनल सम्पन्न

मङपु : 74औँ स्वतन्त्रता दिवसको अवसर पारेर लाब्दा बस्ती बोरदाङ्ग युथ क्लबको आयोजनमा दुई दिवसीय फुटबल खेलको फाइनल खेल आज सम्पन्न भयो। उक्त फाइनल खेलमा खरसाङ महकुमा समिति युवा मोर्चा महासचिव बिज्ञान मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा केन्द्रिय समिति युवा मोर्चा प्रवक्ता अनित खाती अनि सभापति युवा मोर्चा मङ्गपु लाब्दा समष्टिका दिब्य बम्जन उपस्थित थिए। उक्त फाइनल खेलमा अतिथिमा युवा मोर्चा समष्टि प्रवक्ता  विभोर सिङ्गदन र  युवा मोर्चा समष्टि कार्यकारिणी सदस्य ऋषि सिङ्गदन लगायत अन्य क्षेत्रीय वरिष्ट नागरिकको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई प्रमुख अतिथि बिज्ञान मिश्रले सम्बोधन गरेका थिए|


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.