स्वतन्त्रता दिवसको अवसरमा नक्सलबारी स्वामी विवेकानन्द वेलफेयर सोसाइटीद्वारा रुखको विरुवा वितरण

सिलगढी : नक्सलबारी स्वामी विवेकानन्द वेलफेयर सोसाइटीको तर्फबाट 75औँ स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि साधारण मानिसहरूलाई रुखको विरुवा वितरण गरियो। आज नक्सलबारी बस स्ट्यान्डमा पार्टीको झण्डा उत्तोलन गरेर मानिसहरूलाई रुखको विरुवा वितरण गरियो। प्रकृतिलाई सन्तुलन बनाइराख्न तथा एउटा स्वच्छ अनि सुन्दर दुनियाँको निर्माण गर्ने उद्देश्य लिएर उक्त पहल गरिएको संस्थाका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *