स्वतन्त्रता दिवसको अवसरमा नौका विहार प्रतियोगिताको आयोजना

 


राजगञ्ज : सीआरपीएफ, आईटीबीपी, बीएसएफ, एनसीसी अर्धसैनिक सेनावाहिनीको तर्फबाट 75औँ स्वतन्त्रता दिवसको अवसरमा नौका विहार प्रतियोगिताको आयोजना गरियो। राजगञ्ज ब्लकको गजलडोबा भोरेर आलो परियोजना अघि उक्त प्रतियोगिताको आयोजना गरियो। टिस्टा क्यानलमा आयोजित उक्त प्रतियोगितामा सेना वाहिनी लगायत देशको रक्षाको लागि कार्यरत जवानहरूले अंश ग्रहण गरेका थिए। सेनाका अधिकारीले बताएअनुसार स्वतन्त्रता दिवस केवल सेनाको उत्सव मात्र नभएर यो भारतवर्षको उत्सव हो।  आफ्नो प्रतिभालाई काममा लगाउन बाहेक युवाहरूलाई फिटनेस तथा नियमित खेलहरूमा ध्यान केन्द्रित गरेर देशको रक्षाको लागि अघि बढ्ने तिनले सन्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *