स्वतन्त्रता दिवसलाई लिएर सिलगढीमा कठोर सुरक्षा व्यवस्था

सिलगढी: स्वतन्त्रता दिवसलाई लिएर सिलगढीमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। यहाँ आउने-जाने सबै वाहनहरूलाई पुलिसले रोकेर आज गहन जाँच गरिरहेको छ। भोलि 15 अगस्त अर्थात् स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर देशभरिमा झैँ यता सिलगढीमा पनि कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। पुलिसद्वारा सिलगढी सहरको सबै सार्वजनिक ठाउँहरूमा कठोर निगरानी गरिरहेको छ। यस बाहेक सहरको विभिन्न सपिङ मलहरूमा पनि पुलिद्वारा कठोर निगरानी गर्नको साथै स्निफर डगको सहयोगमा तलासी अभियान चलाइरहेको छ। भोलि स्वतन्त्रता दिवसको दिन यहाँका सपिङ मल लगायत सहरका विभिन्न ठाउँहरूमा व्यापक संख्यामा पुलिस तैनाथ गरिने छ। यसको साथै कुनै प्रकारको झै-झमेला तथा अशान्ति उत्पन्न नहोस् भन्ने उद्देश्यले सादा पोशाकमा विभिन्न ठाउँहरूमा पुलिसले कठोर नजरदारी राख्ने भएको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *