स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर पुलिसद्वारा वाहनहरूको गहन छानबीन

राजगञ्ज: आगामी स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर पुलिस प्रशासनद्वारा ईलाकामा कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। यस वर्ष पुलिसले लकडाउन साथै कोरोनालाई लिएर पनि विशेष ध्यान दिइरहेको छ। स्वतन्त्रता दिवस भन्दा अघि राजगञ्ज थाना अन्तर्गत बेलाकोवा थाना पुलिसले यहाँको प्रत्येक आउने-जाने वाहनहरूको गहन छानबिन गरिरहेको छ। बेलाकोवा थाना पुलिसले आज पनि बेलाकोवाको राजमार्ग देवेन्द्रपुरमा गहन नाका चेकिङ गरिरहेको छ। पुलिस सूत्र अनुसार स्वतन्त्रता दिवसमा कुनै प्रकारको अशान्ति तथा आतङ्की गतिविधिहरू नहोस् भन्ने उद्देश्य लिएर यस प्रकारको नाका चेकिङ गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *