स्वतन्त्रता दिवसलाई केन्द्र गरेर स्निफर डगको सहयोगमा एनजेपी स्टेसनमा चेकिङ

सिलगढी : आउँदो स्वतन्त्रता दिवसलाई केन्द्र गरेर एनजेपी स्टेसनमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। विशेष गरेर रेल यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर आज एनजेपी स्टेसनमा स्निफर डगको सहयोगमा स्टेसन परिसरमा जाँच गरियो। यसको साथै स्टेसनमा रोकिएको ट्रेनहरूमा पनि स्निफर डगको सहयोगमा जीआरपीएफ-द्वारा चेकिङ गरियो। यस सम्बन्धमा एनजेपी जीआरपीएफका आईसी अनुपम मजुमदारले बताएअनुसार स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर मानिसहरूको सुरक्षाको निम्ति हालसम्म लगभग 40 जनालाई पक्राउ गरिसकेको साथै स्वाधीनता दिवसको अगावै नाका चेकिङ अभियान, बेलाकोवादेखि राङ्गापानीसम्म मोटर ट्रलीद्वारा स्पेसल चेकिङको व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *