स्वतन्त्रताको 75औ वर्षगाँठको उपलक्ष्यमा बीएसएफ-को आयोजनामा बाइक रेली

राजगञ्ज(निसं): स्वतन्त्रताको 75औ वर्षगाँठको उपलक्ष्यमा बीएसएफ-को तर्फबाट आज एउटा बाइक ऱ्यालीको आयोजना गरियो। आजादी का अमृता महोत्सव-को अवसरमा बीएसएफ-ले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। यसै अन्तर्गत गत 1 सितम्बरको दिन मेघालयबाट बाइक ऱ्यालीको आयोजना गरिएको थियो। उक्त बाइक ऱ्याली शनिवार राति सेक्टर हेड क्वार्टर सिलगढीको राधारबाड़ी बीएसएफ क्याम्प आइपुगेको छ। उक्त ऱ्यालीले 17 दिनसम्म मेघालय, असम, पश्चिम बंगाल, बिहार, झारखण्ड, उत्तर प्रदेश र दिल्ली गरेर लगभग 2,795 किलोमीटरको दूरी तय गर्ने भएको छ। उक्त बाइक ऱ्यालीमा मोठ 34 जना बीएसएफका जवान, जसमा 17 जना महिला सामेल छन्। आज बिहान सेक्टर हेड क्वार्टर सिलगढीको राधारबाड़ी बीएसएफ क्याम्पबाट उक्त बाइक ऱ्यालीले प्रस्थान गऱ्यो। यसबारे बीएसएफ-का महानिरीक्षक अजय सिंहले बताए अनुसार आजादी का अमृता महोत्सव-को अवसरमा सीमा सुरक्षा बल -द्वारा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ। राष्ट्रीय एकता बढ़ाउन साथै देशप्रति प्रेम बढ़ाउने उद्देश्य लिएर उक्त पहल गरिएको हो। यस ऱ्यालीको उद्देश्य राष्ट्रीय एकताको सन्देश फैलाउनु साथै मानिसहरूलाई नशालु पदार्थको सेवनबाट टाढा रहने बारे जागरूक फैलाउनु रहेको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *