स्वतन्त्र उम्मेद्वार राजेश चौहानलाई रंगबुलको 8 वटा समाजको समर्थन

सोनादा (निसं) : रंगबुलको आठवटा समाजहरुद्वारा आगामी जीटीए चुनाउमा रंगबुल धोतरिया रंगमुक मुण्डा समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाउ लड़िरहेका राजेश चौहानको पक्षमा रङ्गबुल बंगला डाँडा सार्वजनिक भवनमा सीबी तामाङको अध्यक्षतमा एउटा चुनावी सभा सम्पन्न भयो। उक्त सभामा रंगबुल क्षेत्रमा रहेका समाजहरूले आगामी जीटीए चुनाउमा स्वतन्त्र प्रार्थी राजेश चौहानलाई जिताउन सहयोग गर्ने भएको छ।


 

उक्त चुनावी सभालाई उम्मेद्वार राजेश चौहानले आफ्नो वक्तव्य राख्दै रंगबुल क्षेत्रभित्र रहेको धोतरिया, हट्टा मौजाको जमीनको समाधान गर्ने, रंगबुल आलुङ्गेवासीको जमीनको पर्जा पट्टा प्रदान गरिने, रंगबुलदेखि आलुङ्गेसम्मको (मध्य भागको) सडकको निर्माण गरिने, जो धेरै पहिला नै डिपीआर तयार गरेर सम्बन्धित विभागलाई सुम्पेकोलाई अघि बढाएर समधान गरिने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *