स्वयम्‌सेवी संगठनद्वारा सिलगढीका यौन कर्मीहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : सिलगढीको आशालता फाउन्डेसनको तर्फबाट दुर्गा पुजाको उपलक्ष्यमा सिलगढीका यौन कर्मीहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। स्वयम्‌सेवी संगठनको तर्फबाट आज साँझ लगभग 55 जना यौन कर्मीहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। फान्डेसनका सदस्य सुनन्द दत्तले बताएअनुसार जसको द्वारको माटो बिना दुर्गा पुजा सम्भव हुँदैन आज तिनीहरू नै पुजाको आनन्द उठाउनबाट वञ्चित छन्। तिनीहरूले पुजाको लागि नयाँ लुगाफाटा किन्न सक्दैनन् भन्ने कुरा ध्यान राखेर आज फाउन्डेसनको तर्फबाट तिनीहरूलाई नयाँ लुगाफाटा वितरण गरिएको तिनले बताए। यस अवसरमा पिङ्की चौधुरी, सुमन पाल, सुमित शर्मा, पल्लवी शर्मा, सङ्गीत गुप्ता, शुभजीत तलापत्र लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *