स्वयंसेवी संगठनको पहलमा दिव्याङ्गहरूको लागि म्याराथन प्रतियोगिताको आयोजना

जलपाईगढी: स्वयंसेवी संगठनको पहलमा दिव्याङ्गहरूको लागि म्याराथन दौड प्रतियोगिताको आयोजना गरियो। उक्त म्याराथन प्रतियोगितामा राज्यका 17 जना प्रतियोगीहरूले व्हिलचेयरमा बसेर लगभग 7 किमीको म्याराथन दौडमा अंश ग्रहण गरे। उत्तर बंगालमा पहिलोपल्ट स्वयंसेवी संगठनको पहलमा दिव्याङ्गहरूको लागि म्याराथन प्रतियोगिताको आयोजना गरिएको हो। जलपाईगढी जिल्लाको चाल्सा गोलाई इलाकाबाट बाताबाड़ी किसान मन्डीसम्म  उक्त म्याराथन प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा राज्यका विभिन्न जिल्लाका प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए भने पश्चिम मेदिनापुर जिल्लाको घाटालका अपूर्व सामन्त पहिलो, पश्चिम मिदनापुर जिल्लाको बेलदाका मिथुन गिरी दोस्रो र उत्तर दिनाजपुर जिल्लाका भावेश सोरेन तेस्रो स्थान ओगटेका छन्। यस प्रतियोगितामा पद्मश्री करीमुल हक, समाजसेवी शेख जियाउर रहमान र अन्य लोग उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *