स्वयंसेवी संस्थाद्वारा रिक्शा तथा भ्यान चालकहरूलाई सेनिटाइजर वितरण

सिलगढी : सिलगढीको “उत्तरेर स्पंदन” नामक एउटा स्वयंसेवी संस्थाले आफै तयार गरेको 5 सय ह्यान्ड सेनिटाइजर सहरका रिक्शा तथा भ्यान चालकहरूलाई वितरण गर्यो। यसको साथै तिनीहरूको यसको प्रयोगबारे पनि उचित जानकारी गराए। हाल देशभरिमै कोरोना भाइरसको सङ्क्रमण बढिरहेकोले गर्दा यसलाई रोक्ने उद्देश्य लिएर आज रिक्शा तथा भ्यान चालकहरूलाई 5 सयवटा ह्यान्ड सेनिटाइजर वितरण गरेको संस्थाका एकजना सदस्य सबिता मित्रले बताए। आउँदो दिनहरूमा सहरका अन्य ठाउँहरूमा पनि सेनिटाइजर वितरण गरिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *