स्वयंसेवी संस्थाद्वारा आवश्यकमन्द नानीहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : दुर्गा पुजाको उपलक्ष्यमा स्वयंसेवी संस्था स्टुडेन्ट्स सोसाइटी अफ सिलगढीको तर्फबाट आज क्रान्ति ब्लकको राजाडाङ्गा हाई स्कुल नजिक बसोबासो गर्ने आवश्यकमन्द नानीहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। प्राप्त जानकारी अनुसार उक्त सोसाइटीका सदस्यहरूले आज 150 जना आवश्यकमन्द नानीहरूलाई नयाँ लुगाफाटा वितरण गरे। यस अवसरमा पद्मश्री करीमुल हक मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस सम्बन्धमा करीमुल हकले भने, स्वयंसेवी संस्था स्टुडेन्ट्स सोसाइटी अफ सिलगढीका सदस्यहरूले दुर्गोत्सवको अवसरमा आफ्नो लागि नयाँ लुगाफाटा नकिनेर गाउँका असहाय गरिब परिवारका नानीहरूलाई नयाँ लुगाफाटा वितरण गरे। यहीँ मानवता हो, यहीँ शिक्षा हो। तिनले स्वयंसेवी संस्था स्टुडेन्ट्स सोसाइटी अफ सिलगढीको उक्त पहलको सराहना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *