स्वयम्‌सेवी संस्थाद्वारा दिव्याङ्गहरूलाई निःशुल्क कोरोनाको खोप लगाइने

सिलगढी : अनुभव स्वयम्‌सेवी संस्थाद्वारा दिव्याङ्गहरूको लागि निःशुल्क कोरोना टीकाकरणको व्यवस्था गरेको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाका सचिव प्रदीप कुमार दासगुप्ताले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार आगामी 17 जुनको दिन सिलगढीका दिव्याङ्गहरूलाई निःशुल्क कोरोनाको भ्याक्सिन लगाइने छ। सिलगढीको रवीन्द्र संघ क्लब अघि बिहान 11 बजीदेखि 18 वर्षदेखि 45 वर्ष सम्मकाहरूलाई कोरोनाको खोप लगाइने तिनले बताए। उक्त दिन 60 देखि 70 जना दिव्याङ्गहरूलाई कोरोनाको खोप लगाइने छ भने तिनीहरूले दिव्याङ्ग प्रमाणपत्र, आधार कार्डको फोटोकपी ल्याउनुपर्ने तिनले बताए। उक्त कार्यक्रममा सिलगढी नगरनिगम, सीआईआई सिलगढी र रवीन्द्र संघका सदस्यहरूले सहयोग पुर्‍याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *