स्वयम्‌सेवी संस्थाद्वारा दिव्याङ्गहरूलाई निःशुल्क कोरोना भ्याक्सिन

सिलगढी : स्वयम्‌सेवी संस्था अनुभवको पहलमा सिलगढी रवीन्द्र संघमा आज दिव्याङ्गहरूलाई निःशुल्क कोरोनाको खोप लगाइयो। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगम, सीआईआई एवम् रवीन्द्र संघका सदस्यहरूको सहयोगितामा उक्त संस्थाको पहलमा एउटा शिविरको माध्यमद्वारा आज दिव्याङ्गहरूलाई निःशुल्क कोरोना भ्याक्सिन लगाइयो। संस्थाका सचिव प्रदीप कुमार दासगुप्ताले बताएअनुसार सिलगढीमा साधारण मानिसहरूको लागि कोरोना भ्याक्सिन शिविरको आयोजना भइरहे तापनि विशेष गरेर दिव्याङ्गहरूको लागि अलग्गै रूपमा शिविरको आयोजना कम गरिएकोले गर्दा नै आज उक्त शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *