स्वयंसेवी संस्थाद्वारा दिव्याङ्ग महिलालाई व्हिल चेयर एवम् नयाँ लुगाफाटा प्रदान

सिलगढी : पुजा अगावै सृष्टि फाउन्डेशन नामक स्वयंसेवी संस्थाद्वारा दिव्याङ्ग महिलालाई व्हिल चेयर तथा नयाँ लुगाफाटा प्रदान गरियो। यसको साथै भालोबाषा मोड़मा कलेजकी छात्रालाई उच्च शिक्षाको लागि 10 हजार रुपियाँ पनि प्रदान गर्यो। प्राप्त जानकारीअनुसार फुलबारी 1 नम्बर अञ्चलको श्रीनगर निवासी दोला दास गत वर्षदेखि हिँड्डुल गर्न असमर्थ रहेकोले तिनी घरमै बसेर दिन बिताइरहेकी थिइन्। धेरै समयसम्म सरकारी अस्पतालमा उपचार गराए तापनि कुनै फाइदा नभएको बताइएको छ। तिनको समस्या सुनेर सृष्टि फाउन्डेशन सहयोगको लागि अघि आएर आज संस्थाका कर्ताधर्ता गौतम गोस्वामीले तिनलाई व्हिल चेयर तथा नयाँ लुगाफाटा प्रदान गरे। यसको साथै तिनले भालोबाषा मोड़को कलेज छात्रा अनन्या सरकारलाई उच्च शिक्षाको लागि सहयोग स्वरूप 10 हजार रुपियाँ प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *