स्वयंसेवी संस्थाद्वारा डाक्टर, पत्रकार तथा कोरोना योद्धाहरूलाई सम्मान

सिलगढी : डाक्टर विधान चन्द्र रायको जन्मदिन तथा राष्ट्रिय चिकित्सक दिवसको अवसरमा स्वयंसेवी संस्था सृष्टि फाउन्डेशनद्वारा डाक्टर, पत्रकार, सामाजिक कार्यकर्ता तथा कोरोना योद्धाहरूलाई सम्मानित गरियो। फुलबारीको एउटा निजी स्कुल परिसरमा आज एउटा कार्यक्रमको आयोजना गरेर तिनीहरूलाई सम्मान जनाइएको हो। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव, दार्जिलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारी प्रलय आचार्य, उत्तरबंग मेडिकल कलेज तथा अस्पतालका डीन डा. सन्दीप सेनगुप्त लगायत अन्य उपस्थित थिए।


यसबाहेक सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा एउटा रक्तदान शिविरको पनि आयोजना गरियो। सृष्टि फाउन्डेशनका अध्यक्ष गौतम गोस्वामीले कोरोना महामारीमा आफ्नो ज्यान जोखिममा पारेर समाज तथा मानिसहरूको सेवा गर्नेहरूलाई आन्तरिक हृदयबाट सम्मान गर्दछ भनी बताए। यसैले आज एउटा कार्यक्रमको आयोजना गरेर डाक्टर, डाक्टर, पत्रकार, सामाजिक कार्यकर्ता तथा कोरोना योद्धाहरूलाई सम्मानित गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *