स्वयंसेवी संस्थाद्वारा फुलबारीको असहाय बन्जारा परिवारहरूलाई सहयोग

राजगञ्ज : फुलबारीको असहाय बन्जाराहरूको खबर प्रकाशित भएपछि सिलगढीको एउटा स्वयंसेवी संस्था श्रद्धा वेलफेयर सोसाइटी तिनीहरूको सहयोगको लागि अघि आएको छ। क्रिसमसको अवसरमा आज संस्थाका सदस्यहरूले राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको आमाईदिघी इलाकामा गएर त्यहाँका नानीहरूको साथमा केट काटेर क्रिसमस मनाउनको साथै तिनीहरूलाई न्यानो लुगाफाटा पनि वितरण गरे। स्मरण रहोस्, गत 22  दिसम्बरमा फुलबारीको असहाय बन्जाराहरूको खबर टिस्टा टाइम्समा प्रकाशित गरिएको थियो। फुलबारीमा मोठ 40 परिवारले गरम, ठण्डा तथा वर्षाको मौसममा तम्बू टाँगेर आफ्नो जीवन बिताइरहेका थिए।


श्रद्धा वेलफेयर सोसाइटी नाम गरेको एउटा संस्था उक्त 40 परिवारको सहयोगको लागि अघि आएको छ। श्रद्धा वेलफेयर सोसाइटीका सचिव पुजा मुक्तरले बताएअनुसार फुलबारी इलाकामा केही परिवार ठण्डाको मौसममा तम्बू टाँगेर आफ्नो संसार चलाइरहेकोबारे आफूहरूले समाचारमार्फत् थाहा पायौँ। प्रत्येक वर्ष उक्त संस्थाले  विभिन्न ठाउँहरूमा गएर क्रिसमस डे पालन गर्दै आइरहेको छ भने आज यस इलाकाको असहाय परिवारका सदस्यहरूसित क्रिसमस मनाएको बताए। यस अवसरमा संस्थाका मुन्ना गुरुङ, मौसमी बर्मन, सुल्ताना खातुन, सङ्गीता गुप्ता लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *