स्वयम्‌सेवी संस्था-द्वारा खोरीबारीमा चिकित्सा शिविरको आयोजना

खोरीबारी : खोरीबारीको सुदूर ग्रामीण इलाका तारीजोतको धर्मलाल सिंह माध्यमिक शिक्षा केन्द्रमा न्यु जलपाईगढी युवा भारती स्वयम्‌सेवी संस्थाको तर्फबाट आज चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा आज क्षेत्रका धेरैजना मानिसहरूले सुगर तथा रक्त जाँच गरे। यसको साथै संस्थाको तर्फबाट उक्त इलाकामा मानिसहरूलाई नयाँ लुगाफाटा तथा खाद्य सामग्री पनि वितरण गरियो। यस अवसरमा क्लबका सचिव जयन्त दे-ले बताएअनुसार स्थानीय आदिवासी विकास परिषद्का सदस्यहरूको अनुरोधमा आज उक्त इलाकामा चिकित्सा शिविरको आयोजना गरिएको हो। अर्कोतिर, आदिवासी विकास परिषद्का नेता राधा मुण्डाले भने, गाउँका मानिसहरूलाई चिकित्सा सेवा प्रदान गर्ने उद्देश्य लिएर सेवा भारती संस्थालाई आफूले आवेदन गरेकोले आज संस्थाको तर्फबाट उक्त शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *