स्वयम्‌सेवी संस्थाद्वारा मानिसहरूलाई मास्कबारे सचेतन

सिलगढी : हाल कोरोना संक्रमणको मामिलामा केही कम्ती भएकोले मानिसहरूले मास्क लगाउन छाडिसकेका छन्। यसैले विधाननगर वेलफेयर सोसाइटी तथा सिस्टर ब्रदर्स सोसाइटीका सदस्यहरूले साधारण मानिसहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्ने साथै कोरोनाबारे सचेतनता गराउँदै आज उत्तरबंग विश्वविद्यालय अघि मास्क नलगाउने मानिसहरूलाई मास्क लगाई दिए।  समाजसेवी बापन दासले बताएअनुसार उत्तरबंग विश्वविद्यालयमा धेरैजनाले मास्क नलगाई हिँडिरहेको देखेपछि सबैलाई मास्क लगाई दिनको साथै कोरोनाबारे सचेतन पनि गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *