स्वयंसेवी संस्थाद्वारा यौनकर्मीहरूलाई खाद्य सामग्रीहरू वितरण

सिलगढी : कोरोना महामारीको समयमा यौन कर्मीहरूले आर्थिक संकट झेल्न परिरहेकोले तिनीहरूको सहयोगको लागि सृष्टि फाउन्डेसन अघि आएको छ। सृष्टि फाउन्डेसनको तर्फबाट आज सिलगढीको रेड लाइट एरियामा खाद्य सामग्री वितरण गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला मुख्य स्वास्थ्य अधिकारी प्रलय आचार्य, उत्तरबंग कोभिड केयर युनिटका सदस्य तथा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन सन्दीप सेनगुप्त उपस्थित थिए। दार्जिलिङ जिल्ला मुख्य स्वास्थ्य अधिकारी प्रलय आचार्यले सृष्टि फाउन्डेसनको उक्त पहलको सराहना गर्दै राज्यको स्वास्थ्य विभागले रेड लाइट एरियाका यौन कर्मीहरूलाई भ्याक्सिन दिन शुरू गरेको बताए। संस्थाका अध्यक्ष गौतम गोस्वामीले कोरोनाको दोस्रो लहरमा यौन कर्मीहरू आर्थिक संकटसित जुझिरहेकोले तिनीहरूको सहयोग गर्ने उद्देश्य लिएर उक्त पहल गरिएको हो। सिलगढीको 7 नम्बर वार्डका पूर्व पार्षद पिन्टु घोषले पनि सृष्टि फाउन्डेसनको उक्त पहलको सराहना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *