स्वयंसेवी संस्थाहरूद्वारा दिव्याङ्गहरूलाई बंगाल सफारी पार्कको भ्रमण

सिलगढी : सृष्टि फाउन्डेसन लगायत अन्य दुईवटा स्वयंसेवी संस्थाको संयुक्त पहलमा दिव्याङ्गहरूलाई आज बंगाल सफारी पार्कको भ्रमण गराइयो। प्राप्त जानकारी अनुसार आज संस्थाका सदस्यहरूले लगभग 60 जना दिव्याङ्गहरू लगायत तिनका परिवारका सदस्यहरूलाई बंगाल सफारी पार्क भ्रमण गराइयो भने आज दिनभरि विभिन्न कार्यक्रमहरूको आयोजना पनि गरियो। यसको साथै संगठनको तर्फबाट दुईजना दिव्याङ्ग नानीलाई व्हिलचेयर प्रदान गरियो। सृष्टि फाउन्डेसनका प्रमुख गौतम गोस्वामीले बताएअनुसार दिव्याङ्ग नानीहरू समाजका अन्य नानीहरू झैँ खुशीको आनन्द उठाउन सकोस् भन्ने उद्देश्य लिएर उक्त पहल गरिएको हो। आगामी दिन पनि यस प्रकारको कार्यक्रमको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *