स्वयम्‌सेवी संस्थाले गरिब नानीहरूलाई शपिङ मलमा लगेर किनिदिए मनपर्ने लुगाफाटा

जलपाईगढी : जलपाईगढीका 10 जना गरिब नानीहरूलाई दसैँको ठिक अघि आज ग्रीन जलपाईगढी नाम गरेको एउटा स्वंयसेवी संस्थाका सदस्यहरूले शपिङ मलमा लगेर तिनीहरूलाई मनपर्ने लुगाफाटा किनिदिए। यसको साथै ती नानीहरूलाई पिज्जा पनि खुवाए। ग्रीन जलपाईगढी स्वयंसेवी संगठनका सचिव अङ्कुर दासले बताएअनुसार ग्रीन जलपाईगढीका संस्थापक उज्ज्वल सेनको मृत्युको तेस्रो वर्षगाँठको अवसरमा सहरको परेशमित्र कोलनीका 10 जना गरिब नानीहरूलाई स्वास्थ्य नियमको पालन गर्दै आज शपिङ मलमा लगेर घुमाउनको साथै नयाँ लुगाफाटा पनि किनिदिए। यी गरिब नानीहरू जलपाईगढी सहरमै बसोबासो गरे तापनि तिनीहरूको आर्थिक स्थिति राम्रो नरहेकोले गर्दा शपिङ मलमा गएर आफूहरूलाई मन परेको लुगाफाटा किन्न नसक्ने स्थिति रहेकोले गर्दा नै तिनीहरूलाई खुशी पार्नको लागि शपिङ मलमा लगेर नयाँ लुगाफाटा किनिदिएको तिनले बताए। यसको साथै पुजा अवधि धेरैजना गरिब नानीहरूलाई नयाँ लुगा किनेर वितरण गर्ने ग्रीन जलपाईगढीको योजना रहेको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *