स्वयमसेवी संस्थाद्वारा रूखका बिरूवा रोपण

सिलगढी: उत्तरेर दिशारी नामक स्वयमसेवी संस्थाको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियम संलग्न 12 नम्बर वार्डमा रहेको  खाली पार्कमा आज रूखका विरूवाहरू रोपियो। यस अवसरमा सिलगढी नगर निगमको 12 नम्बर वार्डका पूर्व पार्षद नान्टु पाल उपस्थित थिए। तिनले भने, पार्क धेरै समय अघिदेखि खाली थियो। यसैले संस्थाको तर्फबाट त्यहाँ रूखका बिरूवाहरू लगाइयो। स्मरण रहोस, संस्थाले सिलगढीको 47 वटा वार्डहरूको विभिन्न ठाउँहरूमा विविध प्रजातिका रूखका बिरूवाहरू लगाउने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *