ताइक्वाण्डो एसोसिएसनद्वारा दार्जिलिङको विभिन्न ठाउँमा सेनिटाइज

दार्जिलिङ: दार्जिलिङ ताइक्वाण्डो एसोसिएसनले दार्जिलिङको विश्वविख्यात स्थानहरुलाई कोरोनामुक्त बनाउने उद्देश्यले विभिन्न स्थानहरुमा दैनिक रूपमा सेनिटाइज गरिरहेको छ। यसै क्रममा संगठनका प्रतिनिधिहरुले दार्जिलिङको लुइस जुब्ली परिसर, रेल्वे स्टेशन लगायत अन्य विभिन्न स्थानहरुमा सेनिटाइज गरेको सिनियर प्रशिक्षक राजन छेत्रीले जानकारी दिएका छन्।


तिनले उक्त कार्यमा आफुहरुलाई सहयोग गर्ने सबै जनालाई आभार प्रकट गरेका छन्। अर्कोतिर, वर्तमान कोरोनाको परिस्थितिलाई मध्यनजर राखेर बिनाकारण बजार नआइदिने साथै मास्क अनिवार्य रूपले लगाइ दिने साथै बारम्बार आफ्नो हातहरू सेनिटाइज गरिदिने तिनले अनुरोध गरेका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *