टकभर चियाबारीमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम

सुकेपोखरी टकभर चियाबारी पहिलो डिभिजन सार्वजनिक भवनमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम आज सम्पन्न भयो। टकभरका चिफ कोर्डिनेटर भानु तामाङको सञ्चालन अनि दिनेश थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा भानु शर्माले गोर्खा च्यारिटेबल हस्पिटलबारे आफ्नो वक्तव्य राख्दै उपस्थित सबैलाई सक्दो सहयोग गरिदिने अपील गरे।   गोर्खा च्यारिटेबल हस्पिटल साङठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको औचित्यबारे विस्तृतमा जानकारी गराए। उक्त क्षेत्रबाट पनि 9 जना को-अर्डिनेटर चयन गरिएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *