तकभर समष्टिमा हाम्रो नारी शक्ति समुहको गठन

दार्जिलिङ: दार्जिलिङको तकभर समष्टि अन्तर्गत भा-तकभरको खालिङ धुरामा हाम्रो पार्टीको नारी संगठन हाम्रो शक्ति समुहको सभा सम्पन्न भयो। सभामा बडा पताबुङ, रानी बन, भा-तकभर, तकभर आदि क्षेत्रका पार्टी कार्यकर्ता एवम् समर्थकहरूको उपस्थिति रहेको थियो। सभामा पहाडको वर्तमान राजनीतिक स्थिति अनि हाम्रो पार्टीको भिजन साथै पार्टी अध्यक्ष अजय एडवार्डसको समाजिक कार्यहरू अनि तिनको इमान्दारिता माथि उपस्थित पार्टी कार्यकर्ता एवम् समर्थकहरूले आ- आफ्नो पक्ष राख्दै हाम्रो पार्टीको भिजनलाई प्रत्येक घर-घरमा पुऱ्याउने वाचाहरू गर्दै हाम्रो नारी शक्ति समुहको गठन गरियो।


उक्त कमिटीमा अध्यक्ष सरू देवान, उपाध्यक्ष फिलोमिना लेप्चा, सचिव पूर्णिमा सुब्बा, सहसचिव सन्ध्या गोम्स, बिनिता राई, कोषाध्यक्ष प्रर्मिला गुरूङ, सह कोषाध्यक्ष संगीता मुखिया, सुजता गुरूङ, प्रवक्ता सरिता थापालाई चयन गरियो। यसैगरी, बन्दना राई, सुरक्षा राई, रत्ना माला तामाङ र शारदा तामाङलाई कार्यकारी सदस्यहरूका रूपमा चयन गरिएको छ। आजको सभामा हाम्रो शक्ति समुहको केन्द्रीय अध्यक्ष शोभा मोक्तान, महासचिव बन्दना मंगर, प्रवक्ता ल्हमु शेर्पा, रेनुका प्रधान र देवीका यल्मो उपस्थित थिए। नव निर्वाचित पदाधिकारीहरूलाई केन्द्रीय नेतृत्वहरूले खदा लगाइदिएर बधाई दिनको साथै संगठनलाई दह्रिलो बनाउने आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *