तकदाह-टिस्टा भेल्ली तीन नम्बर गाउँका गाउँलेहरूले समाए हाम्रो पार्टी-को झण्डा

दार्जिलिङ : हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको निष्पक्ष समाजिक कार्यहरूको प्रशंसा गर्दै तकदाह टिस्टा भेल्ली समष्टिको तीन नम्बर गाउँका वासिन्दाहरूले आज हाम्रो पार्टीको झण्डा समाए। तकदाह टिस्टा भेल्ली समष्टिको हाम्रो पार्टी संयोजक प्रबल तामाङको विशेष उपस्थितिमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। उक्त सभामा स्थानीय तीन नम्बर गाउँका वासिन्दाहरूले हाम्रो पार्टीको स्वच्छ भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको समाजिक कार्यहरूको मुग्धकण्ठले प्रशंसा गर्दै हाम्रो पार्टीमा सामेल भए। स्थानीय वासिन्दा तथा समर्थकहरूलाई पार्टी को-अर्डिनेटर प्रबल तामाङले स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *