तकदाह: रंगली रंगलीयट ब्लक अन्तर्गत तकदाह छाउनीमा आज भुस्याहा कुकुरहरूको नशबन्दी साथै टिकाकरण शिविरको आयोजना गरियो। मैत्री एनिमल केयरको तत्वावधानमा सम्पन्न गरिएको उक्त शिविरमा यहाँको बजार तथा गाउँ-घरमा घुमिहिड्ने लगभग 30 वटा भुस्याहा कुकुरहरुको नशबन्दी अनि टिकाकरण गरेको मैत्री एनिमल केयरका सदस्यहरुले जानकारी दिएका छन्।
