तकदाह चियाबारीको 9 नम्बर गाँउमा खोलाको पानी पसेपछि गाउँलेहरूमा त्रासको माहौल

तकदाह : लगातार परेको मुसुलधारे वर्षाको कारण तकदाह ग्लेनवर्ण समष्टि तकदाह चियाबारी 9 नम्बर गाँउमा खोलाको पानी पसेपछि गाउँलेहरूमा त्रासको माहौल देखापर्यो। अविरल वर्षाले गर्दा नदीको पानी गाउँमा पसेपछि स्थानीय सुदेष्ना छेत्रीको घरमा निक्कै क्षति पुर्‍याएको बताइएको छ।


स्थानीय युवाहरूले कुलो काटेर गाउँघर बचाउने कार्यमा लागिपरेको छ। पीडित सुदेष्ना छेत्रीले आफू लगायत सम्पूर्ण 9 नम्बर गाउँलाई सहयोग गरिदिने सबै पार्टीका नेता, प्रतिनिधि, डीएम, बीडीओ तथा सरकार समक्ष अपील गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *