तकदाह ग्लेनबर्न समष्टिमा 90 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

तकदाह : तकदाह ग्लेनबर्न समष्टिबाट 90 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तकदाह ग्लेनबर्न समष्टिमा हाम्रो पार्टी-का शीर्ष नेतृत्वहरू क्रमैले सभापति समिर तामाङ, सचिव नितेश यल्मो आज आफ्नो दल बलको साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।


जीटीए चुनाउका निर्दलीय उम्मेदवारहरू दिपक राई, समीर थुलुङ पनि आफ्नो समर्थकहरूको साथमा भागोप्रमो-मा सामेल भएका छन्। यसैगरी, टीएमसी-का गगन गुरुङ आफ्नो दल बलको साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज एउटा कार्यक्रमबीच पार्टीका शीर्ष नेतृत्वहरूले विभिन्न पार्टी त्यागेर भागोप्रमो-मा सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *