तकदाहको 11 वटा समाजलाई डेण्डुप पाखरीनद्वारा चौकी प्रदान

तकदाह: तकदाह क्यान्टोनमेन्ट अधिनस्थमा रहेको तीनवटा बुथ अन्तर्गत रहेको 11 वटा प्रत्येक समाजलाई गोजमुमो समष्टि अध्यक्ष डेण्डुप पाखरीनले 50 वटा गरेर चौकी प्रदान गरे। तिनले गत केहीदिन अघि गोरेटो स्कूल परिसरमा गएर 6 वटा समाजलाई चौकी प्रदान गरेका थिए भने आज पुनः तकदाह पुस्तकालय भवन परिसरमा 5 वटा समाजका प्रतिनिधिहरूलाई चौकी प्रदान गरे। यस अवसरमा अध्यक्ष पाखरीनले समाजका प्रतिनिधिहरूसँग एउटा कोठे बैठक गरे। समष्टि महासचिव श्याम योन्जनले सञ्चालन गरेको बैठकमा तकदाह क्षेत्रका नेतृत्वहरू बबिन लेप्चा, सुशिल प्रधान, त्रिदेव बस्नेत लगायत समष्टि युवा नेतृत्वहरू रिवज प्रधान, शरण छेत्री, सबिन प्रधान,विश्वास प्रधान आदि उपस्थित थिए।


बैठकमा समाजका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै समष्टि अध्यक्ष डेण्डुप पाखरीनले भने, आज समाजहरूलाई चौकीहरू बाँडेर म समाजसित राजनीति गर्न आएको होइन। समाज र राजनीति अलग-अलग बिषय हुन्। समाजमा विभिन्न वर्ग र धर्म सम्प्रदायका मानिसहरू बस्छन्। विभिन्न राजनैतिक दलका नेतृत्वहरू बस्छन् तर वर्तमान समय नयाँ सोंच र नयाँ बिचारले धर्म र दल छुट्टाउँने नीज काम गर्दैन। चौकी प्रदान गरेर मैले तपाईहरूसित छाप लगाउन चाहेको हूँ। भोलिको दिनमा हामी नहुँदा पनि सबैले याद गर्न सकोस् भन्ने मेरो सोंच हो। अब भवनामा डुबेर कुनै फाइदा नरहेको अध्यक्ष पाखरीनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *