तकदाहमा दुई दिने सोनाम ल्होछार कार्यक्रमको समापन

तकदाह: पश्चिम बंगाल तामाङ विकास बोर्डद्वारा तकदाह तीनचुले खेल मैदानमा आयोजित दुई दिवसीय २८५७औँ सोनाम ल्होछारको आज अन्तिम दिन हो। उक्त कार्यक्रममा गोजमुमो तकदाह टिस्टाभेल्ली समष्टि अध्यक्ष डेण्डुप पाखरीनलाई बोर्डका चेयरम्यान सञ्जय मोक्तानले न्यानो स्वागत जनाए। समष्टि अध्यक्ष पाखरीनले उक्त सोनाम ल्होछारको कार्यक्रममा आयोजक समितिको निमन्त्रणा स्वीकार गर्दै आफ्नो उपस्थिति दिनु तकदाह तीनचुले पुगेका थिए। अध्यक्ष पाखरीनको साथमा समष्टि सहसचिव पासाङ मोक्तान, दिलकस विद्या भूषण तामाङ, युवा मोर्चा केन्द्रीय समिति सदस्य शरण छेत्री, रिवज प्रधान, सबिन प्रधान आदि उपस्थित थिए। पार्वती मोक्तानले सञ्चालन गरेको कार्यक्रममा भारत अनि नेपालका विभिन्न क्षेत्रबाट आएका तामाङ कलाकारहरूले गीत नृत्य आदि प्रस्तुत गरे। कार्यक्रममा नाट्य कलाकार ललित गोले, गायक पवन गोले अनि पेमा लामा लगायत तामाङ सम्प्रदायका विशिष्ट कलाकारहरू उपस्थित थिए।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.