तकदाह टिस्टा भेल्ली क्षेत्रका 200 जनाले समाते तृणमूल कङ्ग्रेसको झण्डा

टिस्टा भेल्ली : हिल तृणमूल कङ्ग्रेसको एउटा सभा आज टिस्टा भेल्ली सार्वजनिक भवनमा पार्टीका दार्जिलिङ-कालेबुङ जिल्ला अध्यक्ष तथा सांसद शान्ता छेत्री, निङ्मा भुटियाको विशेष उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा विभिन्न राजनीतिक पार्टी त्यागेर लगभग 200 जनाले तृणमूल कङ्ग्रेसको झण्डा समाते। तृणमूलमा सामेल हुनेहरूलाई सांसद शान्ता छेत्री तथा निङ्मा भुटियाको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरियो। प्राप्त जानकारीअनुसार आज हिल तृणमूल कङ्ग्रेसमा सामेल हुनेहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी मोर्चाको जिल्ला समितिका संयुक्त सचिव रेजिना गुरूङ, जाप पार्टीका सुजित कार्की, गोजमुमोका अध्यक्ष दीपेन गिरी, अन इनप्लोइज फोरमबाट 30 जना युवाहरू लगायत अन्य सामेल छन्।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *