तकदाह टिस्टा भेल्ली समष्टिको बडा पुबुङका युवाहरु गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत पर्ने बडा पुबुङबाट केही युवाहरू आफ्नो पार्टी त्यागेर गोरामुमोमा सामेल भएका छन्। पार्टी सूत्रले दिएको जानकारी अनुसार गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको चौरस्तास्थित कार्यालयमा सम्पन्न पार्टीको सभामा यी युवाहरुले समर्थन जनाउँदै गोरामुमोको झण्डा ग्रहण गरे।  वर्तमान पहाडको राजनैतिक परिवेशलाई लिएर राजनैतिक दलका नेताहरुले केवल झुटको राजनीति गरेको र विगत 14 सालमा दार्जिलिङ पहाडलाई खोक्रो बनाउने काम गरेको छ।  अन्य पार्टीले नाला-झोडा, भाई भतिजावाद तथा झण्डाको राजनीति मात्र गरेको तर गोरामुमोले मात्र जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेको कारण हामी कुनै पनि लोभ लालचमा नपरी गोरामुमोमा सामेल भएको हो भन्दै दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको सोंच र बिचार अतिनै राम्रो रहेको र अब हामी काँधमा काँध मिलाएर गोरामुमोलाई साथ दिनेछौं भनी ती पार्टीमा सामेल भएका युवाहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *