तकदाह टिस्टाभेल्ली समष्टि युवा मोर्चाको शान्ति जुलूस

तकदाह: तकदाह टिस्टाभेल्ली समष्टि युवा मोर्चाको अगुवाईमा आज शान्ति जुलूस निकाल्नको साथै केन्द्रीय समिति युवा मोर्चा सदस्य जितेन थापालाई चाँडै न्याय दिनुपर्ने प्रशासनसमक्ष अपील गरियो। आजको जुलूसमा समष्टि अध्यक्ष डेन्डुप पाख्रीन, महासचिव श्याम योञ्जन, उपसभापति राजमान स्याङबो, दुर्गा छेत्री, केन्द्रीय समिति युवा मोर्चा सांगठनिक सचिव अतीत गुरूङ, शरण छेत्री, टीटीएस युवा मोर्चा सभापति सुरेश गुरूङ, सचिव रोजल राई, उपसभापति समिर राई, कोषाध्यक्ष मेन्डुप तामाङ, प्रवक्ता मार्कुस लहगुण, नारी प्रतिनिधि सदिना राई, रजनी गुरूङ आदि उपस्थित थिए। तकदाहमा निकालिइएको जुलूसमा सामेल युवा मोर्चाका सदस्यहरूले गोजमुमो अध्यक्ष विनय तामाङ तथा महासचिव अनित थापाको नाममा जय जयकार लगाउँदै नाराबाजी गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *