टाकीमारीमा तृणमूल कार्यालयमा आगलागी भएको घटनामा एकजना भाजपा कार्यकर्ता हिरासतमा

राजगञ्ज : टाकीमारीमा तृणमूल कार्यालयमा आगलागी भएको घटनामा पुलिसले भाजपा कार्यकर्ता रामकनाई मण्डललाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान टाकीमारी बजार नजिक रहेको तृणमूलको कार्यालयमा आगलागी भएको थियो। तृणमूलको आरोप अनुसार उक्त घटनामा भाजपा संलग्न रहेको छ। भाजपा कार्यकर्ताहरूले तृणमूल कार्यालयमा आगो लगाइदिएको छ। उक्त आगलागीमा केही कागजपत्र लगायत कुर्सीहरू जलेको छ। उक्त घटनापछि तृणमूलको तर्फबाट थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका मिलनपल्ली आउटपोस्ट पुलिसले भाजपा कार्यकर्ता रामकनाई मण्डललाई हिरासतमा लिएको छ। पुलिसले उक्त घटनामा सामेल भएका अन्य मानिसहरूको खोजी शुरू गरेको छ। अर्कोतिर, भाजपाको आरोप अनुसार पञ्चायत चुनाउमा पराजित हुने डरले तृणमूले आफ्नै कार्यालयमा आगो लगाएर भाजपालाई फँसाइरहेको छ। उक्त घटनापछि आज इलाकामा केन्द्रीय बलहरूद्वारा रूट मार्च गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *