टक टु चेयरम्यान मार्फत् मानिसहरूको समस्या सुने गौतम देवले

सिलगढी : सिलगढी नगरनिगम इलाकाको विभिन्न समस्याहरूको समाधान गर्ने उद्देश्य लिएर नगरनिगमले टक टु चेयरम्यान कार्यक्रम शुरू गरेपछि आज शुक्रबार यसको दोस्रो दिन सिलगढी नगरनिगमका प्रशासक गौतम देवले 1 घण्टामा 30 जना मानिसहरूको विविध समस्याहरू सुने। यस अवधि सिलगढी सहरवासीले फोहोर-मैला फ्याँक्ने उचित व्यवस्था, ड्रेनको साफ सफाई नगरिएको बारे प्रशासक गौतम देवलाई अभियोग गरे। यसको साथै सिलगढीको विभिन्न वार्डका मानिसहरूले पिउने पानीको समस्या, बिल्डिङको प्लानको लागि आवेदन गरे तापनि यसको कुनै व्यवस्था नभएकोबारे फोनमार्फत् प्रशासक देवलाई सुनाए। सिलगढी नगरनिगमको तर्फबाट ती सबै समस्याहरूको समाधान गरिने मानिसहरूलाई आश्वासन दिएको छ। अर्कोतिर, गत हप्ता लगभग 29 वटा फोन मार्फत् सिलगढी सहरवासीले आआफ्नो समस्या प्रशासक गौतम देवलाई सुनाएका थिए भने तीमध्ये प्रायःजसो समस्याको समाधान गरिदिएको तिनले दावी गरे। भोलि शनिबार तिनी सहरदेखि बाहिर जाने भएकोले आज नै टक टु चेयरम्यान मार्फत् मानिसहरूको समस्या सुनेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *